Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

स्वस्थ जीवनका लागि मर्निङ वाकमा निस्किए, तर फर्किएनन् जिवित !

स्वस्थ जीवनका लागि मर्निङ वाकमा निस्किए, तर फर्किएनन् जिवित !

शुक्रवार , जेठ ३, २०८२

कपिलवस्तु । कारको ठक्करबाट कपिलवस्तुमा दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुर बस्ने ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मर्निङवाक गर्न निस्किएका दुवै महिलालाई बिहानै सवा ६ बजे कारले ठक्कर दिएको थियो । कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077