Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रुस र युक्रेनबीच एक-एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

रुस र युक्रेनबीच एक-एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

शुक्रवार , जेठ ३, २०८२

एजेन्सी । रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति भएको छ ।

टर्कीको इस्तानबुलमा दुई पक्षबीच भएको वार्तामा सो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।

शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे ।

मेन्डिन्स्कीका अनुसार, प्रत्येक पक्षले सम्भावित भविष्यमा युद्धविरामबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077