काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन् ।
जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) को ३२औँ स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेको छन्, '३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो।'
मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भनेका छन्– 'मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ।' आज नेकपा एमालेले देशभर विविध कार्यक्रम आयोजना गरी मदन–आश्रित स्मृति दिवस विशेष रूपमा मनाउँदैछ ।