Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे बल्खुमा रहेको मदन–आश्रितको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री ओलीले गरे बल्खुमा रहेको मदन–आश्रितको प्रतिमामा माल्यार्पण

शनिवार , जेठ ४, २०८२

काठमाडौँ । नेकपा एमालेका दिवंगत नेता जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा एमाले नेताहरूले उनीहरूको प्रतिमामा माल्यार्पण गरेका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राजधानीको बल्खुस्थित मदन नगरमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै स्मृतिसभा कार्यक्रम आयोजना गरिएको हो ।

बल्खुमा पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि मदन भण्डारीले विशेष पहल गरेका थिए। त्यसैले सो स्थानमा उनको प्रतिमा स्थापना गरिएको छ ।

प्रत्येक वर्ष मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित भण्डारीको प्रतिमालाई विशेष महत्वका साथ सम्झने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077