Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गृहमन्त्रीले गरे सगरमाथा बेसक्याम्पको निरीक्षण, भने – शान्ति सुरक्षा र उद्धारमा सरकार प्रतिबद्ध छ

गृहमन्त्रीले गरे सगरमाथा बेसक्याम्पको निरीक्षण, भने – शान्ति सुरक्षा र उद्धारमा सरकार प्रतिबद्ध छ

शनिवार , जेठ ४, २०८२

सोलुखुम्बु । गृहमन्त्री रमेश लेखकले आज सगरमाथा आधार शिविर क्षेत्रको निरीक्षण गरेका छन् ।

पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् ।

सो क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्बाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए ।

उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077