Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको हुनसक्ने शेखर कोइरालाको आशंका

नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको हुनसक्ने शेखर कोइरालाको आशंका

शनिवार , जेठ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले सो आशंका व्यक्त गरेका हुन ।

उनले गत महिना मात्रै करिब २ खर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको बताए।  

यही कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको हुन सक्ने कोइरालाको भनाइ छ ।

उनले सभापतिसँग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्ति हुने जानकारी गराएकाले आफू ढुक्क रहेपनि देशमा कतै गडबढ त भइरहेको छैन भन्ने चिन्ता रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077