Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार , जेठ ५, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

२०८१ चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शन भड्काएको र घटना घटाएको आरोपमा पक्राउ परेका उनलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077