Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

आइतवार , जेठ ५, २०८२

रसुवा । रसुवा प्रहरीले बरामद गरेको सुन सात किलो ६५३ ग्राम रहेको खुलेको छ ।

बा ४ ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले सुन बरामद गरेको थियो ।

उक्त सुनको तैल सात किलो ६५३ ग्राम रहेको खुलेको हो । चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएका छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन्। थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077