सिरहा । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहाबाट पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका–१२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादव, बरियारपट्टी गाउँपालिका–३ का २० वर्षीय कृष्ण कुमार यादव, १९ वर्षीय निरज राय र सिरहा नगरपालिका–२ का ४५ वर्षीय संजय कारक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गर्दै खैरो हेरोइन र नगदसहित ५ जनालाई सार्वजनिक गरेको हो ।
उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइनसहित ७० लाख ५३ हजार ६५५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारती रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि अदालतबाट म्याद थप गरी मुद्दा पक्रिया अगाडि बढाइएको छ ।