काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पाँच लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत ललितपुरले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
न्यायाधीश टेकराज जोशीको एकल इजलासले यादवलाई धरौटीमा छाड्न आदेश गरेको हो।
यादव ठगी तथा आपराधिक विश्वासघात मुद्दामा गत वैशाख ७ गते सप्तरीबाट पक्राउ परेका थिए।
पार्टीले उनलाई हिसाब नबुझाएको, रकम अनियमितता गरेकोलगायतका आरोपहरू लगाउँदै आएको छ।