Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पशुपति क्षेत्र विकास कोषभित्र जुवाको खाल, सातजना पक्राउ

पशुपति क्षेत्र विकास कोषभित्र जुवाको खाल, सातजना पक्राउ

आइतवार , जेठ ५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका-८ जयवागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका सातजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका-८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिका– १ घर भएका ५४ वर्षका रेशम सिजाली रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र ४ बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका २९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका-७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई २ लाख ५७ हजार ४०० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरिएको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077