Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वनको जग्गामा बनेको होटललाई डिएफओको संरक्षण

वनको जग्गामा बनेको होटललाई डिएफओको संरक्षण

आइतवार , जेठ ५, २०८२

धादिङ । धादिङमा वनको जग्गा मिचेर भवन बनाई होटल सञ्चालन भइरहेकोमा वन कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मले संरक्षण गरेको आरोप लागेको छ ।

अदालतले समेत सो भवन भत्काउनका लागि आदेश दिंदा समेत कार्यान्वयन गरिएको छैन । बेनिघाट रोराङ गाउँपालिका– ३ शीतलबजारमा सार्वजनिक वनको करिब तीन आना क्षेत्रफल अतिक्रमण गरी भवन बनाइएको छ ।

स्थानीय रामशरण सिलवालले त्यसरी घर बनाएका हुन् । विगतमा उनले सो भवनमा कृपाञ्जली होटल चलाएका थिए । विवाद भएपछि अहिले होटल बन्द गरेर गोदाम सञ्चालन गरिएको छ ।

सो भवन पृथ्वीराजमार्गसँगै भएकाले चलखेल भएको हो । २०७३ सालमा डिभिजन वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेल डोजर लिएर भत्काउन पुगेका थिए ।

त्यसविरुद्ध अञ्जु पाण्डे र कृष्ण प्रसाद सिलालले त्यसविरुद्ध सर्वाच्च अदालतमा रिट दायर गरेका थिए । जसमा ३ पुस २०७९ मा नै सर्वोच्च अदालतले सो जग्गा रिट निवेदनकर्ताहरुको निजी हुन नसक्ने ठहर गर्दै रिट खारेज गरेको थियो ।

त्यससँगै भवन भत्काउन बाटो खुलेपनि अहिलेसम्म चलखेलले रोकिदै आएको छ । स्रोतका अनुसार अहिलेका धादिङका डिएफओ विष्णु प्रसाद आचार्यले नै संरक्षण गर्दै आएको स्रोत बताउँछ ।

यसमा धादिङको सिडिओको समेत ध्यान पुग्न सकेको छैन । जबकी २०८० को मंसिर २७ गते नै सो भवन भत्काउन वन कार्यालयले सूचना प्रकाशन गरेको थियो ।

कित्ता नम्बर ६३३ मा अञ्जु पाण्डेको जग्गा रहेकोमा सँगैकौ कित्ता नम्बर १३३ को खहरे वनभित्रको जग्गा मिचेर भवन बनाइएको वनको छानविनदेखि अदालतको फैसलासम्म पुष्टि हुँदा पनि कार्यान्वायनमा ढिलाई हुनुले आर्थिक चलखेलको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077