Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लुक्लाका लागि उडेको समिट एयरको विमान पुनः काठमाडौं फर्किंयो

लुक्लाका लागि उडेको समिट एयरको विमान पुनः काठमाडौं फर्किंयो

सोमवार , जेठ ६, २०८२

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएको थियो ।

समस्या देखिएपछि विमान चालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो ।

विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077