दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन् ।
सोमबार दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानका क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे ।
‘यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ’, प्रचण्डले भने ।
त्यसक्रममा उनले देशका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘६’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका हुन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।