काठमाडौं । काठमाडौंमा कर्तव्य ज्यानका पाँच आरोपित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय प्रविण तामाङ, सर्लाहीका २३ वर्षीय समीर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकका २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोकका २८ वर्षीय अनुराग तामाङ छन् ।
गएको वैशाख ३० गते उनीहरूले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा स्थानीय ३७ वर्षीय बलिन्द्रप्रकाश राईमाथि कुटपिट गरेका थिए ।
त्यसक्रममा राई गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनामा संलग्न पाँचजना त्यसलगत्तै फरार थिए ।
विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।