Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कृषि फर्ममा गाँजाको कारोबार, तीनजना समातिए

कृषि फर्ममा गाँजाको कारोबार, तीनजना समातिए

सोमवार , जेठ ६, २०८२

सिरहा । सिरहाबाट लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका-१ का ३५ वर्षीय संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका-४ घर भई संजय दासको गाडी चालक २० वर्षीय धिरज महतो छन् ।

आइतबार नरहा गाउँपालिका-१ देवीपुरबाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका संजयले देवीपुरमा सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट ३१ किलो ८ सय २० ग्राम गाँजा बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ४ थान मोबाइल र गाँजाको बोरा सिलाउने मेसिन पनि प्रहरीले बरामद गरेको छ । सिरहा जिल्ला अदालतबाट म्याद लिई यस विषयमा विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077