Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरी कर्मचारीहरुलाई डीआईजीको निर्देशन - उच्च नैतिकता र पेशागत मर्यादामा रहेर काम गर्नू

प्रहरी कर्मचारीहरुलाई डीआईजीको निर्देशन - उच्च नैतिकता र पेशागत मर्यादामा रहेर काम गर्नू

मंगलवार , जेठ ७, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले प्रहरी कर्मचारीहरुलाई उच्च नैतिकता र पेशागत आचरणअनुसार काम गर्न निर्देशन दिएका छन् ।

हालै मात्र सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व सम्हालेका बिकले जिल्लास्तरीय प्रहरी कार्यालयहरूको निरीक्षणका क्रममा विभिन्न निर्देशनहरू दिएका हुन् ।

उनले सीमावर्ती क्षेत्रहरूमा बढ्दो चोरी–तस्करी र आपराधिक गतिविधिहरू नियन्त्रणमा “शून्य सहनशीलता” नीति अपनाउनुपर्नेमा जोड दिए । उनले भने, “पहिलो कुरा, हामी किन प्रहरी भयौं ? हाम्रो पेशागत दायित्व के हो ? त्यो बुझ्न आवश्यक छ। प्रहरीले आफ्नो जिम्मेवारी र व्यवसायिकता अनुरूप काम गर्नुपर्छ।”

उनले प्रहरीहरूलाई समुदायसँग सहकार्य गर्दै ‘समुदाय–प्रहरी साझेदारी मोडालिटी’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे । डीआईजी बिकका अनुसार चोरी–तस्करी र लागुऔषध दुव्र्यसन अहिले सुदूरपश्चिम प्रदेशका प्रमुख चुनौती बनेका छन्, जसको न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यक छ।

“लागुऔषधविरुद्धको अभियानमा शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत जोडेर अगाडि बढ्नुपर्छ,” उनले भने, “प्रहरीले आम जनताको समस्या पहिचान गरेर त्यसको समाधानमा केन्द्रित हुनुपर्छ।”

साथै उनले कर्तव्यपालनमा इमानदार प्रहरीलाई पुरस्कृत गरिने र लापरवाही गर्ने प्रहरीलाई आवश्यक कारबाही गरिने स्पष्ट पारे। डीआईजी बिकले सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षण गरेका छन् । उनले बैतडी, दार्चुला र बझाङबाहेक सुदूरपश्चिमका अन्य सबै जिल्लाको निरीक्षण कार्य सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077