Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गाँजासहित विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ

गाँजासहित विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ सय ४० ग्राम गाँजासहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077