Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यौन शोषणमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोपमा गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

यौन शोषणमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोपमा गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।
उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए ।

आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ ।

चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077