Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कमल थापा भन्छन् - शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छ

कमल थापा भन्छन् - शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छ

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूले चाहे शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन् ।

मंगलबार (जेठ ६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“यदि, राजनीतिक दलहरूले चाहने हो भने शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै (राजसंस्था) संस्थागत गर्न सकिन्छ,” उनले भने ।

उनले आफूहरूले राजसंस्था पुनर्स्थापनाका निम्ति गर्न लागेको आन्दोलन संविधानविपरीत नभएको जिकिर गरे ।

संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधीनता, जनतामा निहित सार्वभौमसत्ताबाहेक सबै विषय परिवर्तन गर्न सक्ने अधिकार निश्चित गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077