काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् ।
मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो ।
आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन् ।
शाह हाल विशेष ब्युरोको प्रमुखका रुपमा कार्यरत छन् ।