Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

साँगाबाट स्रोत नखुलेको २५ लाख बरामद, दुईजना पक्राउ

साँगाबाट स्रोत नखुलेको २५ लाख बरामद, दुईजना पक्राउ

मंगलवार , जेठ ७, २०८२

काभ्रे । प्रहरीले काभ्रेको बनेपा नगरपालिका-१४ साँगाबाट स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँचको क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको २५ लाख रुपैयाँ नगद फेला परेको हो ।

नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077