काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपीको डीआईजी बढुवामा सिफारिस भएको छ ।
मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । सिनियर टोलीबाट मात्र बढुवा गरिएको छ ।
बढुवा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दिपक रेग्मी, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, दिपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दास रहेका छन् ।
सिनियर टोलीबाट शारदा प्रसाद चौधरी बढुवामा छुटेका छन्।
