काठमाडौं । राजधानी भित्रने सडकमार्गको मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० देखि २५ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए ।
उक्त खण्ड यसअघि राति बन्द गरेर काम गरिँदै आएको थियो ।
आयोजनाले नागढुंगा–पिपलामोड बाटो निर्माणका निम्ति सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति भएको उनले जानकारी दिए ।
बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।