हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित सुनखानीमा इलाका प्रहरी कार्यालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार इलाका प्रहरी कार्यालय लिमी स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार कार्यालयमा प्रहरी नायव निरीक्षक नरबहादुर विष्टको कमाण्डमा ११ जना प्रहरी टोली खटिने छन् ।
यससँगै हुम्लामा इलाका प्रहरी कार्यालयको संख्या दुई पुगेको छ । यसअघि सर्केगाडमा इलाका प्रहरी कार्यालय स्थापना गरिएको थियो।