Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका पुरस्कृत

बुधवार , जेठ ८, २०८२

धनगढी । सडकमा सुत्केरी व्यथाले छटपटाएकी एक महिलालाई सहयोग गरी सुरक्षित प्रसूति गराउन मद्दत गर्ने एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सम्मान गरेको छ।

गोदावरी नगरपालिका–१, बसन्तपुरमा मंगलबार विहान सडकमै व्यथाले छटपटाइरहेकी बझाङको थलारा गाउँपालिका–३ की चन्द्रा आचार्यलाई प्रहरी जवान चन्द्रिका देउवाले उद्धार गरी पद्मा अस्पतालसम्म पुर्‍याएकी थिइन् ।

देउवाको तत्काल सहायतापछि आचार्यको सुरक्षित रूपमा प्रसूति सम्पन्न भएको थियो । उक्त मानविय कार्यको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान देउवालाई प्रशंसा पत्रसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो ।

नगद र सम्मान पत्र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले प्रदान गरे । एसपी राणाले देउवाको कार्यले प्रहरी संगठनप्रति जनताको विश्वास अझै बढेको भन्दै यस्तो जिम्मेवार कार्य गर्ने कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077