Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

थुनुवा परिसरकै गेटबाट फरार

थुनुवा परिसरकै गेटबाट फरार

बुधवार , जेठ ८, २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर, भद्रकालीको गेटबाटै एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका २४ वर्षीय निशान परियार मंगलबार प्रहरीको आँखै अगाडि भाग्न सफल भएका हुन् ।

परियारलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो ।

उनलाई अनुसन्धानका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो। तर परिसरको मुख्य प्रवेशद्वारबाटै उनी फरार भएका हुन् ।

उनको प्रहरीले खोजी कार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077