Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी, बढुवा रोक्न माग

डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी, बढुवा रोक्न माग

बुधवार , जेठ ८, २०८२

काठमाडौं । नेपाल प्रहरीमा मंगलबार साँझ भएको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदको बढुवालाई लिएर विवाद चुलिएको छ ।

बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् । उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् ।

उजुरीमा उल्लेख गरिएको दाबी अनुसार, बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा रेग्मीले अर्का व्यक्तिको पत्नीसँग अनैतिक सम्बन्ध राखी, ती महिलाको मिलेमतोमा निर्दोष व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएको आरोप छ ।

[insert page='299940' display='yopanipadhnuhos.php']

“त्यस्ता चरित्रहिन, अनुशासनहिन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,” सफलले भनेका छन्। उनका अनुसार पीडित भनिएका दिपक थापा र उनकी आमालाई समेत झुटा आर्थिक कागजपत्रमा फसाउने प्रयास गरिएको थियो ।

सफलले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा यसअघि नै उजुरी दिइसकेको र हाल छानबिनको प्रक्रिया जारी रहेको दाबी गरेका छन्। “छानबिन नसकिँदै विवादित व्यक्तिलाई डीआईजी सिफारिस गर्नु नाजायज छ,” उनी भन्छन्।

सफलले यदि दिपक रेग्मीको बढुवा निर्णय खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले अन्य विवादित एसएसपीहरुलाई पनि डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077