काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
केसीका तर्फबाट जारी भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको हो ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानूनी थुनामा राखिएको भन्दै अधिवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
केसीले कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको विषयमा सामाजिक सञ्जालमा लेखेको विषयमा उजुरी परेको थियो ।