काठमाडौं । नेपाल प्रहरीको ‘इन्स्पेक्टर हुँ’ भन्दै सर्वसाधारणलाई झुक्याउने युवक प्रहरीको फन्दामा परेका छन् ।
प्रहरी वृत्त ठीमीबाट खटिएको टोलीले भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो ।
उनले मंगलबार राति साढे ९ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडि सडकमा प्रहरीको इन्स्पेक्टर हुँ भनी प्रहरी निरीक्षकको बर्दी लगाएको फोटो मोबाइलको वाल पेपरमा देखाएका थिए ।
उनले सर्वसाधारणलाई झुक्याई अशान्ति फैलाएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको बताइएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।