Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सगरमाथा आरोही एपिएफका दन्तबहादुर सईमा बढुवा

सगरमाथा आरोही एपिएफका दन्तबहादुर सईमा बढुवा

बुधवार , जेठ ८, २०८२

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा चढेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्यालको बिशेष बढुवा भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा गरेको हो ।

सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत उनलाई बढुवा गरिएको बताइएको छ ।

जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । उनी बुधबार काठमाडौं फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077