Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोबाइलका पार्टपूर्जासहित ८ जना तस्करी पक्राउ

मोबाइलका पार्टपूर्जासहित ८ जना तस्करी पक्राउ

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । काठमाडौंको चमती एरियाबाट तस्करीका सामानसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको गौरीगंज गाउँपालिका–१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, भारतका ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, भारतकै ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, भारतीय नागरिक ३१ वर्षीय मोहमद रेहान र भारतीय नागरिक २४ वर्षीय रौनक ठाकुर छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका समानहरु सहित पक्राउ गरेको हो ।

उनीहरुले मोबाइल र मोबाइलका पार्टपूर्जा भन्सार छलेर ल्याई चमीतमा भण्डारण गर्ने बेच्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077