Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भिजिट भिसा सेटिङ प्रकरण : सहसचिव भट्टराई अख्तियारमा उपस्थित, सोधपुछ जारी

भिजिट भिसा सेटिङ प्रकरण : सहसचिव भट्टराई अख्तियारमा उपस्थित, सोधपुछ जारी

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएर साँझ छाडेका सहसचिव तीर्थराज भट्टराई बिहीबार आयोगमा उपस्थित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसमेत रहेका भट्टराईलाई भिजिट भिसाको नाममा नेपाली युवालाई विदेश पठाउने कार्यमा संलग्न भएको आरोप लागेको छ ।

बुधबार भट्टराईलाई बयानका लागि नियन्त्रणमा लिएपछि आज आयोगमा उपस्थित हुने गरी छाडिएको थियो । अख्तियारका अनुसार अहिले भट्टराईसँग अध्यागमन कार्यालयमा भएको सेटिङसम्बन्धी विषयमा सोधपुछ भइरहेको हो ।

बुधबार त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियारले छापा मारेको थियो । उनको मोबाइल आयोगले बुधबार नै जफत गरेको थियो ।

गत असोजमा अध्यागमन प्रमुख भएका भट्टराईले लगत्तै रेट बढाएर भिजिट भिसाको सेटिङ बढाएका थिए । पछिल्लो समय दिनमै ५० लाख रुपैयाँसम्म लेनदेन हुने गरेको थियो ।

सोही सूचनाका आधारमा आयोगको टोलीले निगरानी गरी प्रमाण संकलन गरेको थियो । अख्तियारले सहसचिव भट्टराईलाई निगरानीमा राखेको थाहा पाएपछि गृह मन्त्रालयले बुधबार हतार हतार भट्टराईको सरुवा गरेको थियो। तर, उनले रमाना लिइसकेका थिएनन्।

अख्तियारले उनलाई अध्यागमनबाटै पक्राउ गरेको थियो । कर्मचारीलाई दैनिक घुस बुझाउने एजेन्टहरुको समेत मोबाइल जफत गरेर अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077