Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सईमा बढुवा भएका सगरमाथा आरोही छत्याललाई दर्ज्यानी चिन्ह प्रदान

सईमा बढुवा भएका सगरमाथा आरोही छत्याललाई दर्ज्यानी चिन्ह प्रदान

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई बढुवा गरिएको छ ।

सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका सत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका छन् ।

यही जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका थिए ।

सगरमाथा संवादको सन्देशसहित सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077