Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी असई शेर्पाको एयरपोर्टमा भव्य स्वागत

सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी असई शेर्पाको एयरपोर्टमा भव्य स्वागत

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी पहिलो महिला प्रहरी असई कुञ्जाङ छोपेल शेर्पालाई भब्य स्वागत गरिएको छ ।

प्रहरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता समेत रहेका एसएसपी रमेश थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका हुन् ।

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पा नायब निरीक्षक (सई)मा बढुवा समेत भएकी छन्।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको विशेष बैठकले असई शेर्पालाई सईमा विशेष बढुवा गरेको हो ।

प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते विश्व को सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी थिइन् ।

उनले मंगलबार सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फहराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077