Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

बिहिवार , जेठ ९, २०८२

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको घरमा चोरी भएको हो ।

उनको घरबाट सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ।

चौधरीको घर विगत बैशाखदेखि बन्द रहेको थियो । त्यस अवधिमा कोही बसोबास नगरेको जनाइएको छ। चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजोमात्रै घरमा पुग्दा चोरी भएको पत्ता लागेको हो।

चोरले घरको ढोका फोडेर भित्र पसेर बहुमूल्य सुनचाँदीका गहना तथा नगद समेत चोरी गरेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077