काठमाडौं । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि मोसो छ्यापिएको छ ।
डिभिजन वन अधिकृत ठाकुरमाथि बिहीबार कालो मोसो छ्यापिएको हो ।
उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ठाकुरमाथि उनको कार्यकक्षमा कालो मोसो छ्यापिएको हो ।
वन अधिकृत ठाकुरमाथि कालोमसो दलेर दुव्र्यवहार गरिएपछि प्रहरीले संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।
उक्त भिडियो धर्मेन्द्र बस्तोला नेतृत्वको नेकपा बहुमतनिकट कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजमार्फत सार्वजनिक भएको छ ।
प्रहरीले मोसो दल्ने नेकपा बहुमत निकटकै कार्यकर्ता भएको आशंका गरेको छ ।