Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संविधान निर्माणको १० वर्ष पुग्यो, अब समीक्षा गरी संशोधन गर्नुपर्छ : प्रचण्ड

संविधान निर्माणको १० वर्ष पुग्यो, अब समीक्षा गरी संशोधन गर्नुपर्छ : प्रचण्ड

बिहिवार , जेठ ९, २०८२

बागलुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको समीक्षा गर्ने वेला आएको टिप्पणी गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान कार्यक्रमअन्तर्गत बागलुङको गलकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संविधान निर्माणको १० वर्ष पुगेकाले अब समीक्षा गरी संशोधन प्रक्रिया थालनी गर्नुपर्ने बताए । जनताको केही अधिकार संविधान निर्माणका क्रममा छुटेका र ती अधिकार थप्नका लागि सुझावका आधारमा संशोधन अगाडि बढाउनुपर्ने उनले बताए ।

देशमा नयाँ आर्थिक र सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउँदै प्रचण्डले माओवादी केन्द्र जारी अभियानमा तराईदेखि पहाडसम्मका जनतालाई अपिल गरेर हिँडेका बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077