जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
बिहीबार दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
बिहीबार बसन्तकुमार कुशवाहा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री र सञ्जयकुमार यादव वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।
कुशवाहा र यादवलाई बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।