Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

युवा संघको महाधिवेशन उद्घाटन गर्न आज प्रधानमन्त्री ओली पोखरा जाँदै

युवा संघको महाधिवेशन उद्घाटन गर्न आज प्रधानमन्त्री ओली पोखरा जाँदै

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा जान लागेका हुन् ।

पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली पोखरा जानेछन् । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्ने कार्यतालिका छ ।

युवा सङ्घको महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077