Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

तीनकुने घटनामा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल

तीनकुने घटनामा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

प्रहरीले अनुसन्धान सकेर हिजो प्रतिवेदन बुझाएलगत्तै सरकारी वकिलको कार्यालय शुक्रबार नै अभियोजनको तयारीमा जुटेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रमाणको थप विश्लेषण भइरहेकाले भ्याएसम्म आज मुद्दा दर्ता हुने बताए।

संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ।

प्रहरीले ६० जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077