Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड

सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकाले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्नको लागि सडकको विस्तार र कालोपत्र गर्न सरकारलाई अनुरोध गरे ।

उनले भने, ‘सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो । तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ ।’

स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले सडक महत्त्वपूर्ण रहेको बताए ।

भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकास निर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए ।

पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077