Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भिजिट भिसा प्रकरण : गृहका ९ कर्मचारीको सरुवा (नामसहित)

भिजिट भिसा प्रकरण : गृहका ९ कर्मचारीको सरुवा (नामसहित)

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ ।

गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरहरुको पनि सरुवा गरेको हो।

नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेल, वीरभद्र जोशी र नरबहादुर थापाको सरुवा भएको छ ।

सरुवा सूची अनुसार पौडेल र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं र थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ । ्

त्यसैगरी सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा सोहीअन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077