Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

शान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

शुक्रवार , जेठ १०, २०८२

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्ति र सुरक्षालाई सुशासनको आधारभूत शर्तका रूपमा प्रस्तुत गर्दै मुलुकको समग्र विकासका लागि त्यसको सुनिश्चितता अनिवार्य भएको बताएका छन्।

शुक्रबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले शान्ति सुरक्षा बिना देशमा सुशासन सम्भव नहुने स्पष्ट पारे ।

उनले सबै सुरक्षा निकायलाई जिम्मेवार र अनुशासितरूपमा कार्य गर्न निर्देशन दिँदै शान्ति सुरक्षामा कुनै प्रकारको सम्झौता नगर्न कडाइका साथ आग्रह गरे।

'देशमा विकास, समृद्धि र आर्थिक गतिविधि सशक्त बनाउन शान्ति सुरक्षा अपरिहार्य छ,' गृहमन्त्री लेखकले भने। उनले सशस्त्र द्वन्द्वको समयमा शान्ति सुरक्षाको अवस्था कमजोर भएका कारण देश विकासबाट बञ्चित भएको स्मरण गरे।

सीमा नाकाबाट हुने चोरी–पैठारीका कारण राज्यको राजस्व घटिरहेको, आन्तरिक व्यापारमा असर परिरहेको र सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि बढिरहेको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई मिहिनेतका साथ लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077