Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भूमि विधेयकका केही बुँदा संशोधन गर्नुपर्छ : कांग्रेस

भूमि विधेयकका केही बुँदा संशोधन गर्नुपर्छ : कांग्रेस

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री वितरण गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भूमि सम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी अप्ठ्याराहरू समाधान र केही विषयहरू थप गर्ने विषयमा समेत छलफल भएको बताएका छन् ।

उनले भने, ‘अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासी र दलित सुकुमवासीको विषयमा हामीले सम्बोधन गर्नुपर्ने स्थिति देख्यौँ । तर त्यसमा कतिपय ठाउँमा बन बुट्यान भनेर लेखिएको छ, कतिपय ठाउँमा हाट बजार भनेर लेखिएको छ । यस्ता थुप्रै समस्याहरू प्रस्तावित विधेयकमा रहेछन् ।’

त्यस्तो खालि भएको जग्गामा सुकुमवासीलाई पनि बसाउन सकिने र त्यसमा २०६६ सालभन्दा अगाडि बसोवास गरिहेकाहरूलाई उनीहरूको नाममा लालपूर्जा वितरण गर्ने हिसाबले यो ऐन आएको उनले बताए ।

२०६६ सालभन्दा अगाडि खाली जग्गामा बसोवास गरिरहेका सुकुमवासीहरूलाई लालपूर्जा वितरण गर्ने प्रस्तावसहित विधेयक तयार पारिएको उल्लेख गर्दै केही बुँदाहरूमा संशोधन गरेर अघि बढ्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077