Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रचण्डलाई वनमान्छेको सज्ञा दिंदै महेश बस्नेतले भने-नारायणहिटी छिर्न ज्ञानेन्द्रले टिकट काट्नुपर्छ

प्रचण्डलाई वनमान्छेको सज्ञा दिंदै महेश बस्नेतले भने-नारायणहिटी छिर्न ज्ञानेन्द्रले टिकट काट्नुपर्छ

शुक्रवार , जेठ १०, २०८२

पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतले राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा घेराबन्दीको प्रयास गरिरहेको बताएका छन् ।

आज पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै उनले कुनै पनि हालतमा राजतन्त्र नफर्किने दाबी गरे ।

उनले भने–‘मुख्यतः राजावादीहरूले यो प्रयास गरिरहेका छन् । तर तिनका विरुद्ध आफूहरू खडा भएर उत्रिन्छौं ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी प्रवेश गर्न टिकट काट्नुपर्ने बताउँदै उनले भने–‘एमालेको वैशाखीमा सांसद बनेका राजेन्द्र लिङ्देनहरूले कमरेड केपी ओलीलाई भाग्नका लाग हेलिकोप्टरको व्यवस्था गर्ने अभिव्यक्ति दिएछन्।’

कार्यक्रममा उनी प्रमुख प्रतिपक्ष दल नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पनि खनिए । उनले प्रचण्ड सत्ता नपाएको झोकमा हिँडिरहेको टिप्पणी गरे ।

जागरण अभियानमा रहेका दाहालकाप्रति यस्तो टिप्पणी गरेका हुन्।

उनले भने–‘अझ कमरेड केपी ओलीकै भाषामा भन्दा त मान्छे र वनमान्छेका बीचमा जति फरक छ, कमरेड केपी ओली र प्रचण्डका बीचमा त्यति नै फरक छ। कमरेड केपी ओली राष्ट्रवादी नेता हो, देशभरि अस्पतालहरूको उद्घाटन एकैपटक गर्ने नेता हो, धरहरा बनाउने नेता हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077