काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल 'दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विमानस्थलमा उच्चस्तरीय सेटिङमा भइरहेको भिजिट भिसाको नाममा दैनिक ५० लाख असुली गरिएको कुरामा सरकारको कडा आलोचना गरेका छन् ।
पार्टीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत बागलुङ बजारमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आलोचना गरेका हुन् ।
आँफु प्रधानमन्त्री हुँदा र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला विमानस्थलमा हुने घोटाला नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका दाबी गरेका छन् ।
[insert page='348161' display='yopanipadhnuhos.php']
उनले भने, ‘अहिले म सुन्दैछु विमानस्थलमा लाखौँ–करोडौं घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ । अहिले एउटै रूटबाट सरकारको हातमा ५०औँ लाख परिरहेको छ भ्रष्टाचारको रकमका रूपमा । यस्तो स्थिति भएपछि कसरी देशको आर्थिक स्थितिमा सुधार हुन सक्छ ?’
भिजिट भिसा प्रकरणमा तत्कालीन गहृमन्त्री क्षेष्ठ पनि जोडिएका छन् ।