Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजावादीहरुप्रति लक्षित गर्दै ओलीले भने - प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ

राजावादीहरुप्रति लक्षित गर्दै ओलीले भने - प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्किने कुनै भविष्यवाणी नभएको बताएका छन् ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

जेठ १५ गते राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचारप्रति पनि कटाक्ष गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको मात्रै कुण्डली हेरेर नहुने भन्दै जनताको कुण्डली हेर्नुपर्ने बताए ।

उनले भने, ‘पूर्वराजाको कुण्डलीमात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न ।’

जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने उनको भनाई थियो ।

केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा फर्काउने दाबी गर्दै प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन बताएका थिए।

लिङ्देनप्रति लक्षित गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077