काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको दाबी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्यरूपमा भएको बताए ।
'प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो । त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो । मानव विकासमा पनि माथि बढ्यौँ । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्षा पनि जगायौँ,' उनले भने ।
तर, अहिले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको महामन्त्री थापाले बताए । साथै उनले नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको दाबी गरे ।