Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी, सर्वोच्च अदालतमा रिट

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी, सर्वोच्च अदालतमा रिट

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । भिजिट भिसामार्फत मानवतस्करीमा संलग्न भएको आरोपसहित गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ भने सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

युवराज सफलले प्रधानमन्त्री कार्यालयमा उजुरी दिँदै गृहमन्त्री लेखकको सचिवालय नै भिजिट भिसाको सेटिङमा संलग्न भएको र मन्त्रीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका हुन् ।

सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तिर्थराज भट्टराई लगायतमाथि अनुसन्धान गरिरहेको छ ।

अख्तियारको प्रारम्भिक छानबिन अनुसार भिजिट भिसा सेटिङ गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित भएको देखिएको छ। मन्त्री

पदमै रहेका लेखकले छानबिन प्रभावित पार्न सक्ने र प्रमाण लुकाउने सम्भावना भएकाले बर्खास्त गर्नुपर्ने मागसहित अधिवक्ता मधु चौलागाईंले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । सर्वोच्च प्रशासनले रिट दर्ताबारे आइतबार निर्णय हुने जनाएको छ।

यसअघि सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रुपैयाँसम्म असुली हुने गरेको विवरण सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077